‘कानुनी तबरबाट फैसला उपयुक्त : जसपा नेता घाटामा’
राजनीति विश्लेषक डाक्टर सुरेन्द्र लाभ ।

संसद विघटन गरी चुनाव घोषणापश्चात गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सर्वोच्चले मंगलबार दिएको अन्तरिम आदेश कानुनी तवरबाट सही भएको राजनीति विश्लेषक डाक्टर सुरेन्द्र लाभले बताएका छन् ।

‘एकातिर संसद विघटन  गरेर चुनाव घोषणा गर्ने अनि अर्को तर्फ काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने ? यो कसरी न्याय संगत हुन सक्छ’ उनले प्रश्न गरे । फेरि अहिलेको सरकार अल्पमतमा परिसकेकाले पनि सर्वोच्चको यो आदेश ठिक भएको लाभले दाबी गरे ।

‘तर, यो आदेशले मधेश केन्द्रित दलबाट मन्त्री बनेकाहरूको राजनीतिक चरित्रमाथि प्रश्न चिह्न खडा भएको छ', लाभले भने, जसपा महन्थ ठाकुर पक्षका नेताहरुलाई सबैथोक पूर्व जानकारी हुँदा हुँदै सरकारमा सहभागी हुनु उनीहरूको ठूलो कमजोरी हो ।’ 

उनले जसपा सरकारमा सहभागी हुने बेलामा नै मधेशमा धेरै टीका-टिप्पणी भएको बताए । ‘झन् आज मन्त्रीहरू पदमुक्त हुँदा उनीहरूको राजनीतिक चरित्र धमिलो हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।' 

‘जसपा सरकारमा सहभागी नभई समर्थन मात्रै दिँदा पनि हुन्थ्यो’, 'उनले भने, 'तर सहभागी भएर यति चाँडो पदमुक्त हुँदा बदनामी त पक्कै भएको छ ।'

जसपाका लागि यसपालि सरकारमा सहभागी हुनु घाटाको व्यापार बनेको लाभको जिकिर छ । उनले भने, 'महन्थ ठाकुरमा राजनेताको सम्भावना थियो । उनले देशभरमै निर्विवादित नेताको छवि बनाएका थिए । तर, यसपालिको उनको यस निर्णयले राजनीतिक छवि केही धमिलिएको छ ।'



लाभले देशको वर्तमान राजनीतिमा अनिष्टताको संकेत देखापरेको बताउँदै अबको राजनीतिक यात्रा संकटपूर्ण हुने दाबी समेत  गरे । सर्वोच्च अदालत पनि यसअघि धेरैपटक विवादमा आइसकेकाले सेटिङ्गमा पनि यस्तो आदेश आएको हुनसक्ने उनको आशंका छ ।



  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार २२:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया