युरो कपमा लुका मोड्रिचको कीर्तिमान

क्रोएसियाका कप्तान लुका मोड्रिचले युरो कपमा आफ्नो देशका लागि कीर्तिमानी प्रदर्शन गरेका छन् । 

युरो कप अन्तर्गत मंगलबार राति भएका खेलमा स्टकटल्यान्डविरुद्ध गोल गरेसँगै उनी प्रतियोगिताको तीन संस्करणमा गोल गर्ने पहिलो क्रोएसियन खेलाडी बनेका छन् ।

उनले खेलको ६२ औँ मिनेटमा गोल गर्दै यो कीर्तिमान बनाएका हुन् । मोड्रिचले सन् २००८ र २०१२ को युरोमा पनि गोल गरेका थिए । 

स्कटल्यान्डविरुद्ध गोल गरेसँगै मोड्रिच क्रोएसियाका लागि युरो कपमा गोल गर्ने सबैभन्दा कान्छा र पाका खेलाडी बनेका छन् ।

सन् २००८ मा अस्ट्रियाविरुद्ध गोल गर्दै युरो कपमा क्रोएसियाका लागि गोल सबैभन्दा कान्छा खेलाडी बन्दा मोड्रिचको उमेर २२ वर्ष २७३ दिन थियो ।

स्कटल्यान्डविरुद्ध मंगलबार राति गोल गर्दा उनको उमेर ३५ वर्ष २८६ दिन पुगेको छ ।





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार ५:३६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया