पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी बर्दिया बाँसगढी नगरपालिका-६ का जग्गु डाँगीको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका मोटरचालक डाँगीको प्रादेशिक अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 

मोटरसाइललमा सवार बदिर्याकै ३० वर्षीय दिपेन्द्र चौधरी घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल बुटबलमै उपचार भइरहेको छ ।

पाल्पाबाट बुटबलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार ७:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया