किन मागिन् केकीले माफी ?

पछिल्लो समय जातीय विभेदको कुरालाई लिएर सामाजिक सञ्जालमा चर्को बहस भइरहेको छ । बहसमा सबै खाले मानिस समेटिएका छन् । बहसमा पनि मानिस विभिन्न कित्तामा देखा परेका छन् ।

यही बहसमा सामेल हुँदै अभिनेत्री केकी अधिकारीले माफी मागेकी छिन् । उनले आफूबाट कुनै पनि प्रकारका विभेद भएको भए माफी दिन सबैलाई आग्रह गरेकी छिन् ।

केकीले फेसबुकमा लेखेकी छिन्, ‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबैभित्र दृश्य-अदृश्य रूपमा जकडिएको छ । आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफैं भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस् ।’

स्टाटसको अन्त्यमा केकी लेख्छिन्, ‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यावहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असर (ठेस)का लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु ।’





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १३:१५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया