घाटा कम गर्न पेट्रोलियम पदार्थको मूल्य बढाएको आयल निगमको प्रष्टोक्ति (भिडियाे)
प्रबन्ध निर्देशक पौडेल भन्छन्, 'अझै मूल्यवृद्धि हुनसक्छ'

नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ । 

नेपाल आयल निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताए । 

हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै पौडेलले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनको लागि मूल्यवृद्धि गरिएको प्रष्ट पारे । आगामी दिनमा पनि मूल्यवृद्धि हुनसक्ने पौडेलको भनाइ छ । 

पौडेलले भने, ‘तेल उत्पादनको कटौती आफ्नो ठाउँमा छ । लगानीकर्ताहरु क्रुड र डलरमा केन्द्रित भएको अवस्था छ । हामीले लागत नै महंगोमा किनिसकेपछि कम्पनीले त नाफै नगरेपनि नोक्सान त सहनु भएन नि भन्ने हिसाबले, नोक्सानीलाई कम गर्दै जाने रणनीति अन्र्तगत हो । नाफा कमाउने त कुनै उद्देश्य छैन । अरु नोक्सानीमा नजाओस् भन्ने ध्यानमा राख्दै कार्यविधिको अधिकारको पनि न्यूनतम भन्दा न्यूनतम प्रयोग गरेर मूल्य बढाएको स्थिति हो ।’

आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ । 



त्यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ बिक्री मूल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ ।

पेट्रोलियम पदार्थमा लगातार मूल्यवृद्धि गर्दा पनि आयल निगम अझै घाटामा रहने निगमका प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । 



  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १५:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया