युरो कप: वेल्सलाई डेनमार्कको चुनौती

युरो कप अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा शनिबार वेल्स र डेनमार्कले एक अर्काको सामना गर्दै छन् । खेल नेपाली समय अनुसार राति पौने १० बजे नेदरल्यान्डको एम्टरडममा हुनेछ ।

वेल्सले समूह ‘ए’ र डेनमार्कले समूह ‘बी’को उप विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएका हुन् । वेल्स गारेथ बेल र डेनमार्क साइमन केजरको कप्तानीमा मैदान उत्रिनेछन् ।

यी दुई टिमले हालसम्म १० खेलमा प्रतिस्पर्धा गर्दा डेनमार्क ६ र वेल्स ४ खेलमा विजयी भएका छन् ।

दुबै टिम पहिलोपटक सन् १९६४ मा एक अर्काको सामना गरेका थिए । विश्वकप छनोट अन्तर्गत भएको यो खेलमा डेनमार्कले १-० को जित हात पा¥यो ।

सन् २०१८ मा युइएफए नेसन्स लिग अन्तर्गत भएको पछिल्लो भेटमा डेनमार्क २-१ ले विजयी भएको थियो ।

वेल्सविरुद्ध इतिहासमा बलियो देखिएको डेनमार्क यो खेलमा पनि त्यही नतिजालाई कामय राख्दै क्वाटरफाइनलमा प्रवेश गर्ने प्रयासमा हुनेछ ।



वेल्सले सन् २००८ को मैत्रीपूर्ण खेलमा १-० जित हात पारे यता डेनमार्कमाथि जित निकाल्न सकेको छैन ।

त्यसयता सन् २०१८ मा युइएफए नेसन्स लिग अन्तर्गत भएका दुवै भेटमा डेनमार्क विजयी भएको थियो ।



वेल्स पनि डेनमार्कविरुद्ध जितको खडेरी तोड्दै क्वाटरफाइन प्रवेश गर्ने दाउमा हुनेछ । तर डेनमार्कविरुद्ध जित निकाल्न भने त्यति सहज भने छैन । 

  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार ८:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया