भारतमा थप ४८ हजार ६१८ जनामा संक्रमण, ११८२ जनाको मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ४८ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ । 
यसै गरी पछिल्लो २४ घन्टामा एक हजार १८२ जनाले ज्यान गुमाएका छन् । ६४ हजार ५२४ जना संक्रमित संक्रमणमुक्त भइ घर फकिएका छन् ।

अझै पनि भारतका १० राज्यमा संक्रमणदर ५ प्रतिशतभन्दा धेरै छ । सिक्किम, मणिपुर, मेघालय, मिजोरम, केरल, आन्ध्र प्रदेश लगायतमा संक्रमणदर ५ प्रतिशतभन्दा  धेरै रहेको छ ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ३ करोड १ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ भने ३९ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमितको हिसाबले अमेरिकापछि दोस्रो स्थानमा भारत रहेको छ । मृत्युदरमा भने अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 
 





  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार ९:३०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया