कमल थापाको आरोप-‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार गर्न र अस्थिरता निम्त्याउन खोजिरहेका छन्'
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको समस्याका समाधान चुनाव नै भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै थापाले 

प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउने दिशामा नलागेको जिकिर गरेका छन् ।  

‘हालको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव हो’ थापाले भनेका छन् । 

प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले  विदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरता निम्त्याउन खोजेको आराेप उनले लगाएका छन् ।

थापा पछिल्लो समय प्रधानमन्त्री ओली र उनका कदमको कट्टर समर्थक भएर उभिएका छन् । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार ७:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया