पठाओ फुडले ल्यायो भारी छुट अफर

निषेधाज्ञाको समयमा घरको खाना खाइरहँदा स्वाद परिवर्तन गरी रेस्टुरेन्टको स्वाद चाख्ने मन हुनेका लागि पठाओले आफ्नो सेवा सुरु गरेको छ । ‘पठाओ फुड’ले ‘डेलिभरिङ ह्याप्पिनेस एट योर डोर स्टेप’ नाराका साथ विभिन्न अफरको घोषणा गरेको छ।

करिब ४० वटा रेस्टुरेन्टको फुड मेनुमा तीस प्रतिशतसम्म छुट र डेलिभरीमा भारी छुट लगायतका अफर उपलब्ध छन् । फुड अर्डर गरेको बढीमा ४५ मिनेट भित्र डेलिभरी हुने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । उनी थप्छन्, ‘छोटो समयमा तात्तातै फुड डेलिभरी गर्नु पठाओ फुडको विशेषता हो ।’

लामो समयको निषेधाज्ञाले गर्दा होटल तथा रेस्टुरेन्टको परिकारका स्वादबाट वञ्चित खानाका पारखीहरूले अब अफरको सदुपयोग गरी आफ्नो रोजाइको रेस्टुरेन्टबाट आफ्नो रुचिको परिकार घर तथा अफिसमै भारी छुटका साथ डेलिभरी मगाउन सक्नेछन् । 

पठाओको ‘फुड डेलिभरी’ सेवाग्राही मैत्री भएको बस्न्यात बताउँछन्। उनी भन्छन्, ‘फुडम्यानको लाइभ ट्रयाकिङ गर्न सकिने र एकै पटक तीन फरक रेस्टुरेन्टबाट अर्डर गर्न सकिने भएकाले सेवाग्राहीलाई सहज हुन्छ। साथै हामी स्वास्थ्य सुरक्षाका सावधानीमा पनि सजग छौँ ।’

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो। 

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको छ।





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १०:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया