उपत्यकामा थप ४२४ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ४२४ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ४२४ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । 

यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप १९२० जनामा संक्रमण पुष्टि भएको छ भने ३४ जना संक्रमितले ज्यान गुमाएका छन् ।


 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १७:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया