किरणलाई ‘आई लिग फ्यान अफ द सिजन’ अवार्ड

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ ‘आई लिग फ्यान अफ द सिजन’ अवार्ड अन्तर्गत उत्कृष्ट गोलरक्षक चुनिएका छन् । 

लिगकै उत्कृष्ट गोलरक्षक घोषित किरणलाई समर्थकले पनि उत्कृष्ट गोलरक्षक चुनेका हुन् । 

भारतको शीर्ष डिभिजन लिग आई लिगले सोमबार किरणले ‘आई लिग फ्यान अफ द सिजन’ अवार्ड प्राप्त गरेको जानकारी दिएको हो । 

अघिल्लो सिजन राउन्डग्लास पञ्जाब एफसीका लागि आई लिग खेलेका किरणले १४ मध्ये ७ खेलमा क्लिन सिट राखेका थिए । उनले ५६ सट रोकेका थिए ।





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार ६:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया