मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागी एक महिलाको मृत्यु

सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका-६ महुली बजार निवासी ३५ वर्षीया जहादा खातुनको हिजो (सोमबार) मृत्यु भएको हो ।

करेन्ट लागी गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि विराटनगरको नर्सिङहोम अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भइ उनलाई करेन्ट लागेको थियो । 
 





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १०:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया