भारतमा थप ४५ हजार संक्रमित, ८१६ जना संक्रमितको मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ४५ हजार ६९९ जनामा संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप ८१६ जना संक्रमितले ज्यान गुमाएका छन् । 

पछिल्लो समय भारतमा संक्रमणदर र मृत्युदर दुबै घट्दै गइरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अहिले भारतमा पाँच लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । हालसम्म २ करोड ९४ लाखभन्दा धेरै संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

हालसम्म भारतमा ३ लाख ९८ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ३ करोड ३ लाख १६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । 

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित राष्ट्र हो अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ४ हजार ४३६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३ करोड ३६ लाख ५१ हजार २७२ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

अमेरिकापछि ब्राजिलमा ज्यान जानेको संख्या उच्च रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख १५ हजार ९८५ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितका हिसाबले भने ब्राजिल तेस्रो स्थानमा रहेको छ । 
 





  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार ८:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया