ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच लाख १५ हजार नाघ्यो

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा पछिल्लो २४ घन्टामा थप १ हजार ९१७ जनाले ज्यान गुमाएका छन् । यसै गरी पछिल्लो २४ घन्टामा थप ६४ हजार ९०३ जनामा संक्रमण पुष्टि भएको छ । 

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक मध्येमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ । 

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार ब्राजिलमा हालसम्म कोरोना भाइरसबाट ५ लाख १५ हजार ९८५ जनाले ज्यान गुमाइसकेका छन् । यसै गरी भाइरसबाट १ करोड ८५ लाख १३ हजार ३०५ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

सबैभन्दा धेरै प्रभावित भएको राष्ट्र अमेरिकामा हालसम्म ६ लाख ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

ब्राजिलमा जम्मा १२ प्रतिशत जनसंख्याले मात्र भ्याक्सिनको पूरै डोज लगाएको छ । यसै गरी ३३ प्रतिशत जनसंख्याले पहिलो डोजमात्र लगाएका छन् ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो कोरोना भाइरस नियन्त्रण गर्न नसकेको भन्दै चारैतिर उनको आलोचना भइरहेको छ ।



 

 



  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार ८:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया