विपीका पदाधिकारीको कार्यकक्षमा गरियाे तालाबन्दी
सुधारको माग राख्दे रिले अनशन सुरु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको छ ।

आज (बुधबार) बिहान प्रतिष्ठान सुधारको माग राख्दै आन्दोलनरत चिकित्सक, कर्मचारीहरूले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरुप्रसाद खनाल, रजिष्टार मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक गौरीशंकर शाहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

प्रतिष्ठान सुधारको माग राख्दै आन्दोलनरत चिकित्सक र कर्मचारीको माग सम्बोधन नभएपछि सोमबारबाट उनीहरू रिले अनशनमा थिए ।

अनशनमा बसेका कर्मचारीसँग वार्ता गर्न मंगलबार उपकुलपतिसहित वार्ताको तयारी भएको थियो । वार्ता बस्न आउँदा उपकुलपति ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएको भन्दै आन्दोलनरत पक्षले पदाधिकारीलाई वार्ता स्थलमै थुनेका थिए ।

साँझ ४ बजेदेखि १० बजेसम्म कार्यकक्षमा थुनेका पदाधिकारीलाई आन्दोलनकारीले छाडेको संयुक्त संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिका संयोजक डा. एसपी रिमालले पदाधिकारीसँग वार्ता नगरी उच्चस्तरीय वार्ता टोलीसँग मात्रै वार्ता गर्ने बताएका छन् ।



रिमालले  स्वास्थ्य मन्त्रालयले नै विपीमा भइरहेको आन्दोलन र समस्याका विषयमा वार्ता टोली गठन गरी माग सम्बोधन गर्नुपर्नेमा जाेड दिए । 



  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार १२:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया