स्पेनका लागि २ जुलाइमा २७ वर्षपछि लुइसले दोहोर्याएको यो इतिहास

युरोकप २०२० मा सेमिफाइनलमा पुगेको स्पेनले स्विट्जरल्यान्डलाई हराउँदा एउटा इतिहास दोहोरिएको छ । 

धेरैका लागि यो अचम्म र एउटा संयोग लाग्न सक्छ । अनि दोहोरिएको यो इतिहासका पात्र हुन्, लुइस इनरिक । 

अहिले स्पेनका मुख्य कोच लुइस खासमा पहिले राम्रा खेलाडी पनि हुन् । यो २ जुलाई १९९४ को कुरा हो । लुइस त्यति बेला स्पेनका लागि खेल्थे ।

२ जुलाई १९९४ मा उनले स्विट्जरल्यान्डसँगको खेल नै खेलेका थिए । अनि यो खेलमा उनले गोल गरेर एक मुख्य खेलमा स्विट्जरल्यान्डलाई प्रतियोगिताबाट बाहिर पठाएका थिए ।

अब आजको कुरा गरौँ । २ जुलाई २०२१ मा नै स्पेनले स्विट्जरल्यान्डलाई युरोकपबाट बाहिर पठाइदिएको छ । अनि स्पेनका लागि अहिले मुख्य कोच हुन्, लुइस ।

अचम्मको संयोग होइन त यो ? 
 





  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया