देशव्यापी रूपमा ५ लाख बिरुवा रोपिने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले देशव्यापी रूपमा ५ लाख बिरुवा रोप्ने भएको छ । ‘देशव्यापी बृहत् राष्ट्रिय वृक्षरोपण कार्यक्रम २०७८’ को संघका इन्चार्ज महेश बस्नेतले ललितपुरको गोदावरी नगरपालिका २ विशङ्खुको कोटडाँडास्थित भीमेश्वर मन्दिर परिसरमा अमलाको बिरुवा रोपेर शुभारम्भ गरे ।

केन्द्रीय कमिटीको आयोजना तथा ललितपुर जिल्ला कमिटीको व्यवस्थापनमा विशङ्खुको मन्दिर परिसरमा १ हजार २ सय फलफूल तथा औषधीजन्य जडीबुटी रोपिएको छ । संघले शुक्रबारदेखि गरेको सो कार्यक्रम आउँदो साउन ८ गतेसम्म अर्थात् २२ दिन निरन्तर अघि बढ्ने योजना बमोजिम ललितपुरभर कुल ५ हजार बिरुवा रोपिनाका साथै मुलुकभर कम्तीमा ५ लाख बिरुवा रोपिने भएको संघले जानकारी गराएको छ ।

त्यस्तै प्रत्येक विद्यालय, स्वास्थ्य चौकी, पार्क, सडक, सार्वजनिक संस्थालगायतका क्षेत्रमा विशेष प्राथमिकता साथ फलफूलजन्य वृक्षरोपण गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा वृक्षरोपण र सोबाट उत्पादन हुने वृक्षले मानिसलाई बाँचुन्जेल चाहिने अक्सिजन प्रदान गर्ने, मानिसको जन्मदेखि मृत्युसम्म वृक्षको अहम भूमिका रहनाका साथै उत्पादित वृक्षले सामाजिक अनि आर्थिक र वातावरणीय फाइदा गराउँदै वनजङ्गल तथा रुखहरूमा बस्ने चराचुरुङ्गी लगायत जङ्गली जनावरको व्यवस्थापनमा मद्दत गर्दै हाल मुलुकले झेलिरहेको जलवायु परिवर्तनको समस्या निराकरण गर्न अतुलनीय योगदान गर्ने चर्चा गरियो । 

कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्ज महेश बस्नेतले वृक्षरोपण कार्यले दैनिक जीविकोपार्जन, वातावरण सन्तुलन लगायत खाद्यान्न आपूर्तिको समेत आवश्यकता पूरा गर्दै आएकाले संघ सो कार्यमा अघि बढेको बताए ।

वृक्षरोपणको काम काठमाडौँ उपत्यकाको साँगादेखि गोदावरीसम्मका खाली तथा प्राकृतिक जोखिम रहेका क्षेत्रमा फूल, कपुर अनि लप्सी लगायतका बिरुवा लगाएर हराभरा बनाउनुपर्नेमा नेता बस्नेतले जोड दिए । 



यसैगरी कमिटीका अध्यक्ष किरण पौडेलले प्राकृतिक सम्पदा तथा वन्यजन्तुको संरक्षण गर्नु असल व्यक्तिको कर्तव्य रहेकाले मुलुकका पर्यटकीय तथा विद्यालय अनि खुला क्षेत्रमा उदाहरणीय तवरले सबैले देख्ने र भोग्ने गरी काम अघि बढाइने बताए ।



  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १६:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया