युराेकप २०२०: डेनमार्क सेमिफाइनलमा

युरोकप २०२० को शनिबार राति भएको क्वाटरफाइनल खेलमा चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेको छ । 

आजको खेलमा चेकविरुद्ध डेनमार्कले २–१ ले जित निकालेको हो ।

खेलमा डेनमार्कले दुवै गोल पहिलो हाफमा गरेको हो । डेनमार्कका लागि डेलानीले खेल सुरु भएको पाँच मिनेटमा हेडमार्फत् गोल गरेका थिए । त्यस्तै, डेनमार्कका डोलबर्गले खेलको ४२ औं मिनेटमा थप एक गोल गर्दै अग्रता लियो ।

चेक रिपब्लिकका लागि सिकले ४९ औं मिनेटमा गोल गर्दै आशा जगाएका थिए । दोस्रो हाफमा बारम्बार सुवर्ण अवसर पाउँदा पनि चेकका खेलाडीले आफ्ना प्रहारलाई जाली चुमाउन सकेनन् ।





  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार २३:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया