प्रदीप पौडेल क्रियाशिल सदस्यता छानबिन समितिकाे प्रवक्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रवक्ताको जिम्मेवारी पाएका छन् । पौडेलले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्ताको जिम्मेवारी पाएका हुन् । 

महाधिवेशनको संघारमा सार्वजनिक भएको क्रियाशील सदस्यको सूचीमाथि परेका उजुरीहरुको छानबिनका लागि रमेश लेखकको नेतृत्वमा बनेको समितिमा पौडेल सदस्य रहेका छन् । 

समितिले पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । क्रियाशील सदस्यताका विषयमा उपलब्ध सूचनालाई व्यवस्थित रुपमा प्रवाह गर्नका लागि पौडेललाई समितिले जिम्मेवारी दिएको हो । 

असार मसान्तसम्ममा छानबिन सकेर क्रियाशील सदस्यहरुको टुङ्गो लगाउने गरी समितिले काम गरिरहेको छ । समितिमा संयोजक लेखक र पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी पनि सदस्य रहेका छन् ।





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १४:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया