बैतडीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–३ बाट डडेलधुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही वर्षका मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु तीनैजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । 

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइते हुनेहरुमा  सिगास– ३ का २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् ।

जिपका चालक १९ वर्षीय खगेन्द्र साउद र जिप धनी ४४ वर्षीय हरिभान साउद भने फरार रहेका प्रहरीले जनाएको छ । १६ जना सवार जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो । 

दुर्घटनाका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार २०:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया