सुरु भयो राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण : ५० खेलाडी सहभागी

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ । गत साताबाट प्रारम्भिक चरणको बन्द प्रशिक्षण सुरु गर्ने भनिए पनि खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रशिक्षण रोकिएको थियो ।

एन्फा कम्प्लेक्सको मैदानमा आइतबारबाट बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन् ।

आसन्न साफ च्याम्पियनसिप फुटबल र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको खेलका लागि राष्ट्रिय टोली छनोट गर्न प्रारम्भिक चरणको बन्द प्रशिक्षण थालिएको हो ।

कोरोना संक्रमण घट्दै गएको र खेलाडीलाई खोपको व्यवस्था समेत गरिएकाले छिट्टै प्रशिक्षण सुरु गर्न सकिएको एन्फाले जनाएको छ । 
 





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार ८:१०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया