नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार मिश्र र मण्डललाई

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७’ बाट दुई स्रष्टालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले आइतबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ अभिनेता सुनिल कुमार मिश्र र वरिष्ठ गायक वंशीधर मण्डललाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुगेका मुख्यमन्त्री लालबाबु राउतले उक्त सम्मान हस्तान्तरण गरेका थिए । एक लाख नगद तथा प्रमाण पत्र रहेको प्रज्ञा पुरस्कारबाट देशभरि पुरस्कृत भएका ६ जना श्रष्टामध्ये मण्डल र मिश्र प्रदेश-२ का बासिन्दा हुन् ।

उक्त अवसरमा मैथिली रंगमञ्च प्रथम महिला कलाकार विद्या राणा चौधरीलाई पनि ११ हजार नगदसहित सम्मान गरिएको थियो ।

समारोहमा मुख्यमन्त्री राउतले समाजका ऐनाका रूपमा रहेका श्रष्टाहरूलाई सम्मान गर्न प्रदेश सरकारले चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको जानकारी दिए ।
 





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार ९:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया