प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ । रिट निवेदकको जवाफी बहस सकिएर एमिकस संवैधानिक इजलासले रायका लागि झिकाएका एमिकस क्युरीको बहस सुरु भएको छ ।
एमिकस क्युरीका तर्फबाट सुरुमा बहसका लागि राघव वैद्य आएका छन् । इजलासले एमिकस क्युरीका रुपमा ४ जनालाई तोकेको छ । २ घण्टाको समय दिइएको छ ।
एमिकस क्युरीमा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक छन् भने सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।