युरो कप : पहिलाे सेमिफाइनलमा इटाली र स्पेन भिड्दै

युरो कप अन्तर्गत मंगलबार (आज) बाट सेमिफाइनलका खेलहरू सुरु हुँदैछन् । आज हुने खेलमा पहिलो सेमिफाइनलमा उपाधि दाबेदार मानिएका दुई टोली स्पेन र इटाली प्रतिस्पर्धा गर्नेछन् । 

खेल नेपाली समय अनुसार राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।

एक अर्का विरुद्ध मैदान उत्रिँदा दुबै टोलीको लक्ष्य फाइनल हुनेछ । पछिल्लो समय निकै आकर्षक फुटबल खेलिरहेका यी दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ ।  

स्पेन स्विट्जरल्यान्डको चुनौतीलाई पेनाल्टी सुट आउमा पन्छाउँदै तथा इटाली उपाधि दाबेदार मानिएको बेल्जियमलाई हराउँदै सेमिफाइनल प्रवेश गरेका हुन् । 

युरोकपमा हालसम्म यी दुई टोलीले ६ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा स्पेन र इटालीले समान २-२ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ ।

युरो कपमा यी दुईले सन् १९८० मा पहिलोपटक एक अर्काको सामना गरेका थिए । यो खेल गोलरहित बराबरीमा सकिएको थियो । 



अघिल्लो संस्करणको युरो कपमा इटालीले २-० को जित दर्ता गरेको थियो । 
यो खेलको विजेताले उपाधिका लागि इङ्ल्यान्ड र डेनर्माकबीच बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 
 



  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ७:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया