प्रधानमन्त्रीको गृहनगरमा खेलकुद महासंघको रोपाइँ अभियान

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर  दमकमा नेपाल खेलकुद महासंघले विशेष अभियान सुरु गरेको छ। महासंघले 'आत्मनिर्भरताका लागि हामी खेलाडी खेतमा दुई दिन' मूल नारासहित विशेष अभियान चलाएको हो। 

महासंघले यो नारासहित दमक नगरमा सामूहिक धान रोपाइँ कार्यक्रम चलाएको हो। राजकुमार थापाको अध्यक्षतामा चलाइएको यो अभियानका प्रमुख अतिथि महासंघका वरिष्ठ अध्यक्ष परशुराम बस्नेत थिए। त्यस्तै विशेष अतिथि एमाले नेता होमबाहादुर थापा थिए। 

त्यस्तै अभियानमा महासंघका सचिव सन्तोष बान्तावा र बासु नेपाल  लगायत सहभागी थिए। त्यसैगरी महासंघका केन्द्रीय नेताहरु रविन खरेल, सुभाष मेचे, रविन ओझा, रञ्जन कुइँलेल र मोरङ अध्यक्ष सुरज श्रेष्ठ लगायत पनि सहभागी थिए। 





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १७:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया