नेपाल एअरलाइन्समा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

नेपाल एयरलाइन्सका कर्मचारीले शुक्रबारदेखि लगाएको ताला प्रहरीले खोलेको छ । 

नेपाल वायुसेवा निगमको संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएको विरोधमा कर्मचारी विरोधमा उत्रेका हुन् ।

प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै निगमका कर्मचारीहरुले विरोध जारी राखेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिन अनुरोध गरेपछि प्रहरीले ताला खोलेको हो । 

सरकारले निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने तयारी सुरु गरेको छ । कर्मचारी भने संस्थान नै रहनुपर्ने मागसहित विरोधमा उत्रिएका छन् ।

सरकारले आगामी आवको बजेटमा निगमको संस्थापक सुदृढीकरणका लागि रणनीतिक साझेदार ल्याउने नीति लिएको छ ।





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १७:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया