कोपा अमेरिका : कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा

काेपा अमेरिका फुटबल अन्तर्गत बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा जित हात पार्दै अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गरेको छ । 

अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ३-२ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो 

ब्राजिलको माने गारिन्चा फुटबल मैदानमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । 
अर्जेन्टिनाका लागि पेनाल्टीमा लियोनल मेस्सी, लाउटारो मार्टिनेज, लियान्ड्रो पारेडेसले गोल गर्दा रोड्रिगो डि पल भने चुके ।

कोलम्बियाका लागि लागि जुवान क्वाड्राडो र मिगुइल ब्रोजाले गोल गर्दा यारी मिना, डाभिन्सन साञ्चेज र इड्विन कार्डोनाले भने गोल गर्न सकेनन् । 
खेलको ७ औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गरेका थिए ।

खेलको ६१ औँ मिनेटमा लुइस डियासले गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याए । उनले इड्विन कार्डोनाको पासलाई सदुपयोग गरे ।

अर्जेन्टिनाले उपाधिका लागि आइतबार बिहान ब्राजिलको सामना गर्नेछ । 





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार ९:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया