४ महिना बित्दा पनि १३ लाखले पाएनन् कोभिशिल्ड खोपको दोस्रो डोज
फाइल फोटो

पहिलो चरणमा कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाएका झन्डै १३ लाख व्यक्तिले दोस्रो चरणको खोप पाएका छैनन् । पहिलो चरणको खोप लगाएको ४ महिना बितिसक्दा पनि दोस्रो चरणको खोप नपाएको खोप शाखाले जानकारी दिएको छ । 

नेपाल सरकारले गत फागुनमा ६५ वर्ष माथिका वृद्धवृद्धालाई खोप  उपलब्ध गराएको थियो । पहिलो चरणको खोप लगाएपछि दोस्रो चरणको खोप ४ सातापछि लगाउने भनिएको थियो । तर १६ साताभन्दा बढी बितिसक्दा पनि खोपको अत्तोपत्तो छैन ।

पहिलो चरणमा लगाइएको कोभिसिल्ड भारतबाट आएको थियो । भारतले पछि थप खोप पठाउन नसक्ने भनेपछि खोपको अभाव भएको हो । ४ महिना बितिसक्दा पनि खोपको दोस्रो चरण लगाउन नपाउँदा पहिले लगाएको खोपले कत्तिको प्रभावकारी रूपमा काम गर्छ भन्ने कुरा यकिन गर्न सकिएको छैन । 

कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले बनाएको हो । 

नेपालमा भने भारतको सेरम इन्स्टिच्युटबाट बनेको खोप आयात गरिएको थियो । भारतले सुरुमा १० लाख डोज खोप अनुदान स्वरूप पठाएको थियो । पछि नेपालले दोस्रो चरणको खोप दिनको लागि २० लाख खोप सम्झौता गरेको हो । तर भारतले खोप उपलब्ध गराउन नसक्ने भनेपछि दोस्रो चरणको खोपका लागि ढिलाइ भएको हो । 





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १२:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया