नेकपा माओवादी केन्द्रको वैधतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी दिएका पूर्व माओवादी नेताहरु आजपनि आयोगमा पुगेका छन् ।
माओवादी छाडेर नेकपा एमालेमा लागेका पूर्व माओवादी नेताहरु आयोगमा पुगेका हुन् । टोपबहादुर रायमाझीको नेतृत्वमा नेताहरु मणि थापा, प्रभु साह र गौरीशंकर चौधरी आयोग पुगेका हुन् ।
एमालेमा लागेका पूर्व माओवादी नेताहरुले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको माओवादी केन्द्र अवैधानिक पार्टी भएको भन्दै संसद विघटनअघि आफूहरुलाई गरिएको कारबाही मान्य नहुने बताएका थिए ।
सोही विषयमा उजुरी लिएर उनीहरु आयोगमा गएका थिए । आयोगमा उनीहरुले माओवादी केन्द्रको निर्वाचित कार्यसमितिको म्याद सकिएको र नयाँ महाधिवेशन नभएकाले पार्टीको निर्णय वैध नभएको भन्दै उजुरी हालेका थिए ।
सोही विषयमा भएको प्रगति बुझ्नका लागि उनीहरु आज आयोगमा पुगेका हुन् । आयोगले नेताहरुलाई उजुरी जाँचबुझको क्रममा रहेको र केही दिनमा बोलाउने आश्वासनसहित पठाएको छ ।
आयोग पुगेका एक नेताका अनुसार आयोगले माओवादी केन्द्र वैध रहेको अथवा नरहेको विषयमा जाँचबुझ गरिरहेको बताउँदै केही दिनमा नेताहरुलाई बोलाउने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।