एमाले नेताको सवारी दुर्घटनामा मृत्यु

नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ११ः३० बजेतिर प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार भद्रपुर-९ मा रहेको देवकोटाको शालिकमा ठोक्किएर दुर्घटना भएको हो । उनी चन्द्रगढीतर्फ जाँदै थिए । 

गम्भीर घाइते भएका प्रसाईंको उपचारका लागि मेची अस्पताल भद्रपुर झापामा लगिएको थियो । तर अस्पताल पुग्नु अगाडि नै उनको मृत्यु भइसकेको अस्पतालले  जानकारी दिएकाे छ ।

प्रसाई बिर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महताराका श्रीमान समेत हुन् ।


 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १४:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया