चुनाव माग्दै सडकमा निस्कियो ओली पक्षीय अनेरास्ववियु

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध एमालेको माधव नेपाल पक्षीय अनेरास्ववियु सडकमा उत्रिरहेका बेला ओली पक्षीय अनेरास्ववियु पनि आजदेखि सडकमा देखिएको छ।

ताजा जनादेश अर्थात निर्वाचनको पक्षमा माहोल बनाउन भन्दै अध्यक्ष ऐन महरसहित अनेरास्ववियुका कार्यकर्ताहरूले शुक्रबार काठमाडौंको सडकमा उत्रिएका हुन्। प्रदर्शनी मार्गस्थित सडकमा उत्रिएका उनीहरुले राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट हुन पनि भनेका छन्। 

ओली पक्षीय अनेरास्ववियुले ताजा जनादेश अर्थात मध्यावधि निर्वाचनको पक्षमा जनमत सिर्जना गर्न पनि अपिल गरेका छन्। यसअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि नेपाल पक्षीय अनेरास्ववियु पनि सडकमा उत्रिरहेको छ। 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १७:४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया