नीरप्रसादको भागवद्गिता नेपाली सार सार्वजनिक

श्रीमद्भवत गीता पूर्वीय दर्शनको मुख्य सार मानिन्छ । संस्कृत भाषामा रहेको गीताका भावानुवाद, श्लोकानुवाद लगायत अनगिन्ती अनुवाद भएका छन् । संसारका ७० भन्दा बढी भाषामा अनुवाद भएको गीता इशापूर्व सातौं शताब्दीदेखि इशापूर्व तेस्रो शताब्दीका बीचमा रचना भएको अनुमान गरिन्छ । यद्यपि यसमा विद्वानहरूबीच मतैक्य भने पाइँदैन । 

अनुवादको यही निरन्नतर शृङ्खलाभित्र अध्येता नीरप्रसाद तिमल्सिनाले नेपाली गीता सारका रूपमा यसको अनुवाद प्रकाशनमा ल्याएका छन् । संस्कृत मूल पाठलाई जस्ताको त्यस्तै राखेर नेपालीमा अध्यायगत सार खिचिएको छ ।

९८ पृष्ठमा रहेको उक्त किताबको मूल्य २ सय राखिएको छ । राजनीति शास्त्रका अध्येता तथा नापी विज्ञ तिमल्सिनाको स्वाध्यायनको उपजका रूपमा नेपाली गीता सार आएको हो । 





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार ९:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया