इङ्ग्ल्यान्ड भर्सेस इटाली : नतिजामा प्रभाव पार्न सक्ने यी खेलाडी

युरो कपको १६औँ संस्करणको उपाधिका लागि आइतबार इङ्ग्ल्यान्डले घरेलु मैदान वेम्बली स्टेडियममा इटालीको सामना गर्दैछ । 

खेल नेपाली समयअनुसार राति पौने १ बजे हुनेछ । ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनल प्रवेश गरेको इङ्ग्ल्यान्ड घरेलु मैदानको फाइदा उठाउँदै पहिलोपटक युरो कप उपाधि उचाल्ने सोचमा छ । 

इङ्ग्ल्यान्ड सन् १९६६ को फिफा विश्वकप जिते यता पहिलोपटक कुनै पनि मुख्य प्रतियोगिताको फाइनल पुगेको हो । 

इङ्ग्ल्यान्डलाई घरेलु दर्शकको राम्रो साथ भए पनि पछिल्लो समय लयमा देखिएको इटालीविरुद्ध जित निकाल्न त्यति सहज भने हुने छैन ।

सन् १९६८ को युरो कप विजेता इटालीले पछिल्लोपटक सन् २०१२ मा युरो फाइनल  खेलेको थियो ।

पछिल्ला ३३ खेलमा अपराजित रहेको इटाली इङ्ग्ल्यान्ड विरुद्धको खेलमा पनि सोही नतिजालाई कायम राख्दै दोस्रोपटक युरो कपको उपाधि उचाल्ने प्रयासमा हुनेछ ।



इटालीलाई घरेलु मैदानमा इङ्ग्ल्यान्डमाथि जित निकाल्न त्यति सहज भने हुने छैन । जारी प्रतियोगितामा अपराजित रहेका दुवै टोली बीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । 

दुवै टिम कुनै एक खेलाडीमा निर्भर नभए पनि यी खेलाडीले फाइनलमा प्रभाव पार्न सक्नेछन् । 



ह्यारी केन (इङ्ग्ल्यान्ड) 
केनको कप्तानीमा रहेको इङ्ग्ल्यान्डले जारी युरो कपमा लोभ लाग्दो प्रदर्शन गरिरहेको छ । केन कप्तानीमा मात्र नभएर प्रदर्शनमा पनि उत्कृष्ट देखिएका छन् ।

टोलीलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका केनले ४ गोल गरेका छन् । उनी इटालीविरुद्ध पनि घातक बन्न सक्छन् । 

फेडेरिको चेइसा (इटाली)
चेइसाका लागि यो पहिलो युरो कप हो । तर, उनले प्रतियोगितामा राम्रो छाप छाड्न सफल भए ।

इटालीलाई फाइनलसम्म पु¥याउन २ गोल गरेका २३ वर्षीय यी विंगर विपक्षीलाई छक्याउँदै बल अगाडि बढाउन माहिर मानिन्छन् । 

चेइसा घरेलु मैदानको फाइदा उठाउँदै पहिलो युरो उपाधि उचाल्ने इङ्ग्ल्यान्डको सपनामा बाधक बन्न सक्छन् । 

  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १४:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया