संसद पुनःस्थापना : प्रतिगमन परास्त भएको नेताहरुको प्रतिक्रिया

संसद पुनःस्थापना : प्रतिगमन परास्त भएको नेताहरुको प्रतिक्रिया 

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरिदिएको छ । इजलासले निवेदकको माग बमोजिम आदेश जारी गर्ने फैसला गरेको हो । 

अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेर कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नका लागि परमादेश जारी गरेसँगै नेताहरुले न्याय पाएको प्रतिक्रिया दिएका छन् । 

सामाजिक सञ्जालमार्फत नेताहरुले अदालतको फैसलामार्फत प्रतिगमन परास्त भएको प्रतिक्रिया दिएका हुन् । फैसला आएलगत्तै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रतिगमन परास्त भएको स्टाटस लेखे । 

त्यस्तै, जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइनले पनि अग्रगमनको विजय भएको स्टाटस लेखे । उनले लेखेका छन्, ‘सर्वोच्चले गर्‍यो फेरि प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश, लोकतन्त्र र अग्रगमनको विजय’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्विट गरेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो, राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १३:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया