युरोमा पेनाल्टी मिस गर्दा इङ्ग्ल्यान्डका तीन खेलाडीमाथि रंगभेदी व्यवहार

युरो कप २०२१ को फाइनल खेलमा पेनाल्टी मिस गरेका तीन खेलाडीमाथि रंगभेदी व्यवहार भएको छ । 

फाइनल खेलमा पेनाल्टी सुट आउट हुँदा इटालीविरुद्ध गोल गर्न चुकेका माकर्स रास्फोर्ड, जाडेन सान्चो र बुकायो साकामाथि समर्थकहरुले रंगभेदी व्यवहार गरेका हुन् । 

उनीहरु तीनै जना कालो वर्णका खेलाडी भएको कारण इङ्ग्ल्यान्डका लागि पेनाल्टी मिस गरेको आरोप समर्थकहरुले लगाएका छन् । 

पेनाल्टी सुट आउटका क्रममा रास्फोर्डको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । सान्चो र साकाको प्रहार भने इटालीको गोलकिपर डोनारुम्माले विफल पारेका थिए । 

खेल एक एक गोलको बराबरीमा रोकिएपछि पेनाल्टी सुट आउटमा गएको हो । पेनाल्टी सुट आउटमा इटालीले ३-२ को अग्रताका साथ उपाधि हात पारेको थियो । 

इङ्ग्ल्यान्डका तीन खेलाडीको पेनाल्टी गोलमा परिणत नभएका कारण हार बेहोरेको आरोप लगाउँदै समर्थकले उनीहरुमाथि सामाजिक सञ्जाल मार्फत रंगभेदी व्यवहार देखाएका हुन् । 



समर्थकहरुले तीनैजना खेलाडी कालो वर्णका भएकाले पेनाल्टी मिस गरेको भन्दै उनीहरुमाथि रंगको आधारमा विभेद गरेका हुन् । 

यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले यस विषयलाई गम्भीर रुपमा लिई दुव्र्यवहारको कडा कारबाही गर्ने बताएको छ । यस घटनाको फुटबल संघले खुलेर निन्दा गरेको छ ।  



  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १५:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया