सर्वोच्चको आदेशको योगेशले गरे सम्मान र स्वागत

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले सर्वोच्च अदालतको प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने आदेशको सम्मान र स्वागत गरेका छन् । 

सामाजिक सञ्जालमार्फत उनले  भनेका छन्, ‘बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु ।’ 

उनले आइतबार एमालेको विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमतिलाई इमानदारीसाथ कार्यान्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने  विश्वास व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १७:२३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया