अमेरिकाबाट आएको खोप कसलाई, कहिलेबाट ?

अमेरिकी सरकारले नेपाल सरकारलाई १५ लाख ३० हजार खोप प्रदान गरेको छ । जोन्सोन एन्ड जोन्सोन कम्पनीद्वारा निर्मित खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ ।

खोप अमेरिकी सरकारको कोभ्याक्स कार्यक्रममार्फत् नेपाल आएको हो । उक्त खोप एक डोज मात्र लगाए पनि हुने भएकाले यसले १५ लाख नेपालीको ज्यानको सुरक्षा गर्ने अमेरिकी राजदूत रेन्डी बेरीले बताएका छन् ।

खोप नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुरूप वितरण हुने बताइएको छ । खोप सोमबार बिहान मात्र काठमाडौं आइपुगेको हुनाले कहिलेबाट वितरण हुने भन्ने विस्तृत छलफल हुन भने हुन बाँकी रहेको छ ।

अमेरिकाबाट आएको खोप ६० वर्ष कम उमेर समूहलाई

यो खोप विशेषतः ६० वर्ष कम उमेर समूहका मानिसलाई प्राथमिकतामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले बताएका छन् ।

उनका अनुसार अमेरिकाबाट आएको खोप उमेर समूह अनुसार तथा फ्रन्ट लाइनमा खटिने तथा छुटेका व्यक्तिहरूलाई दिने बताएका छन् । पेसागत हिसाबले फ्रन्ट लाइनका छुटेका व्यक्तिहरूमा पनि यो खोप वितरण गरिने बताइएको छ । ‘पेसागत हिसाबले खतरा मोलेर काम गर्नुभएका सम्पूर्णलाई सम्बोधन गर्दै लाने तयार भएको छ’, अधिकारीले भने ।



भेरोसेल र जेन्सेनको खोप अहिले आएको र आउने तयारी भएको छ । आएका खोपमध्ये एउटा पूर्ण डोज र अर्को हाफ डोज भएका कारण कसलाई कुन खोप दिने भन्ने कुरा भने निर्णय नभएको उनले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाल सरकारले उमेर समूह, शिक्षक तथा विदेश जान लागेका व्यक्तिलाई बढी प्राथमिकतामा राखेर खोप दिने तयारी गरेको छ । जसको आवेदन बढी आइरहेको छ उनीहरूको माग सम्बोधन गर्ने उनले जानकारी दिएका छन् ।



चीनले पनि नेपाललाई खोप दिने तयारी

चीनबाट पनि लगातार खोप आउने तयारी भएको छ । नेपालले चीनसँग ४० लाख खोप खरिद गरेको थियो जसमा ८ लाख खोप मात्र नेपाल आएको छ । यसअघि चीनले नेपाललाई १८ लाख खोप सहयोग  गरेको थियो । अमेरिकाबाट खोप आएसँगै चिनियाँ राजदूत होउ यान्छीले पनि भर्चुअल पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएकी हुन् ।

‘अहिले नेपालले ४० लाख खोप किनिरहेको छ । यो बाहेकको खोप पनि हामी नेपाललाई दिनेछौँ’, यान्छीले भनिन् । चीनको खोप उत्पादन क्षमता दिनदिनै बढिरहेको र यसै अनुसार नेपाललाई पनि लगातार सहयोग गर्ने उनले बताएकी हुन् । 

यसै कुरालाई सह प्रवक्ता अधिकारीले जोडेका छन् । चीन पनि खोप अझै दिन तयार छ । अब नेपालमा खोपको भने कमी नहुन उनको भनाइ छ । 

कुन खोप कति जनालाई दिने र कहिलेबाट दिने भन्ने कुराको भने निर्णय नभएको पनि सह प्रवक्ता अधिकारीले जानकारी दिए । 

६५ वर्ष माथिकालाई कोभिशिल्ड आएन

४ महिना अगाडि पहिलो चरणको खोप लगाएका वृद्धवृद्धाका लागि लगाइने कोभिशिल्डको व्यवस्था भने हालसम्म भएको छैन । कोभिशिल्डभन्दा अहिले भेरोसेल बढी आइरहेको छ । भेरोसेल लगाएका वृद्धवृद्धालाई भने दोस्रो चरणको खोप दिइसकेको छ । पहिलो चरणमा लगाइएको कोभिशिल्डको भने दोस्रो चरणको खोप लगाउन बाँकी रहेको छ ।

यस बारेमा सरकारले छिट्टै तयारी गर्ने सह प्रवक्ता समीर अधिकारीले जानकारी दिएका छन् ।

  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार ८:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया