विशेष अदालतमा उपस्थित भए 'फरार' भनिएका कांग्रेस उपसभापति गच्छदार

नेपाली कांग्रेसमा उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । बालुवाटार प्रकरणमा आरोपित रहेका गच्छदार बुधबार अदालतमा उपस्थित भएका हुन् । 

कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट गच्छदार अदालतमा हाजिर भएका हुन् । गच्छदार अदालतमा हाजिर भएको र उनीमाथि कानुनी प्रक्रिया सुरु भएको विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले बताए । 

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि मुद्दा चलाएको थियो । अदालतले उनको नाममा सार्वजनिक सूचना जारी गरेपनि अनुपस्थित रहँदै आएका थिए । 

तर, देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै गच्छदार अदालतमा हाजिर भएका हुन् । 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार ११:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया