भारतमा थप ३८ हजार संक्रमित, ६२४ मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ३८ हजार ७९२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जुन अघिल्लो दिनको तुलनामा धेरै हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो दिन भारतमा ३१ हजार ४४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घन्टामा भारतमा थप ६२४ संक्रमितले ज्यान गुमाइसकेका छन् । यसै गरी पछिल्लो २४ घन्टामा थप ४१ हजार संक्रमित निको भइ घर फर्किएका छन् । 
अहिले पनि भारतमा चार लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । हालसम्म भारतमा तीन करोड एक लाख चार हजार ७२० जना संक्रमणमुक्त भइसकेका छन् ।

हालसम्म भारतमा ३ करोड ९ लाख ४६ हजार ७४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ४ लाख ११ हजार ४०८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ३८ करोड ७६ लाख ९७ हजार ९३५ डोज खोप कोरोना भाइरसविरुद्ध लगाइसकिएको छ । 

कोरोना भाइरसबाट सबैभन्दा धेरै संक्रमित र मृत्यु हुने देश अमेरिका हो । अमेरिकापछि सबैभन्दा धेरै मृत्यु ब्राजिलमा भएको छ । भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।
 





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार ६:४९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया