बारामा सवारी दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

बारामा सवारी दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

जिल्लाको महागढी नगरपालिका-२ स्थित भुतही पुलनजिकै बुधबार राति नौ बजेतिर प्रदेश २-०३-००१ नम्बरको ट्रकले स ५ प ९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी निरीक्षक ४४ वर्षीय रमेश कुमार राउतको घटनास्थलमै मृत्यु भएको हो ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका-६ घर भएका राउत रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत थिए । 

राउत कार्यालयबाट घर फकिर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।
 





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १०:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया