भारतीय प्रहरीको खोजी सूचीमा रहेका पटेल हतियारसहित विराटनगरमा पक्राउ

भारतीय प्रहरीको खोजी सूचीमा रहेका  पप्पु कुमार पटेल कटुवा पेस्तोल र ठूलो मात्रामा लागूऔषधसहित विराटनगरमा पक्राउ परेका छन् ।

अपराधिक क्रियाकलापमा संलग्न भइ फरार भएका भारतीय नागरिक पटेललाई सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरको टोलीले  विराटनगर-१६ हुलासचोक दक्षिणगेटबाट पक्राउ गरेको हो ।  

थोत्रो बोराभित्र कटुवा पेस्तोल र लागूऔषध नेपालतर्फ भित्राउने क्रममा उनी पक्राउ परेका थिए ।

प्रहरीले उनीबाट लागूऔषध एभिल इन्जेक्सन २९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २९५ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको पनि आरोप छ ।

 





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १३:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया