इन्डोनेसियामा भूकम्पपछि सुनामी चारसयको मृत्यु

जाकार्ता– मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी कम्तीमा चार सयको मृत्यु भएको छ । त्यसैगरी, सोही संख्यामा घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीले जानकारी दिएका छन् । घाइतेहरूलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए । 

प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति भएको पत्रकार सम्मेलनमा प्रवक्ता जानकारी गराइयो । मध्य इन्डोनेसियाको तटीय क्षेत्रमा ६.०, ७.४ र ६.१ म्याग्निच्युडका भूकम्पपछि ०.५ देखि ३ मिटरसम्मको सुनामी आएको छ । 

यस प्रकोपमा मारिएका र घाइते भएका प्रायः ७.४ म्याग्निच्युडको भूकम्पबाट पीडित छन् । उनीहरूलाई भवनहरूका इट्टा र ब्लकले लागेको थियो । तटीय क्षेत्रका बस्तीहमा सुनामीले बढी प्रभावित पारेको समाचारमा जनाइएको छ । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षति भएको अधिकारीहले जनाएक छन् । 

खतराबाट जोगाउनका लागि उद्धार तथा सतर्कतासम्वन्धी काम भइरहेका छन् । तर, पूर्ण क्षतिको विवरण आउन बाँकी छ । 

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेको प्रवक्ता नुग्राहोले बताए । 

यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस)ले जानकारी दिएको छ । 



विश्वका अन्य देशको तुलनामा इन्डोनेसिया बढी भूकम्प जाने गरेको छ । सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो । 



  • प्रकाशित मिति : असोज १३, २०७५ शनिबार १३:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया