चीन सरकारले थप १६ लाख डोज कोरोना खोप दिने भएको छ ।
चीनले नेपाललाई थप १६ लाख डोज कोरोना खोप अनुदान सहयोगमा दिने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ राजदूत होउ यान्छीले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर बधाई दिँदै खोप दिने विषयमा जानकारी गराएकी हुन् ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै १६ लाख डोज खोप चीनले दिने भएको जनाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।