फर्कियो आर्यनको खुशी

कोरोना भाइरसको कारणले गर्दा चलचित्र उद्योग ठप्प रह्यो । उद्योग ठप्प भएसँगै कलाकारहरू पनि निराश रहे । झन्डै दुई वर्ष कलाकारले मन खोलेर अभिनय गर्न पाएनन् । निर्माता निर्देशकले फिल्म निर्माण गर्न पाएनन् । चलेका व्यस्त कलाकारहरूको दैनिकी घरभित्र सीमित भयो ।

कोरोना महामारीका कारण देशमा जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै तीज गीत सुटिङको लहर चल्यो । यो लहरमा तीज गीतमै चलेका कलाकारदेखि अभिनेता राजेश हमालसम्म मिसिए । कलाकारहरूले अभिनयको ग्यापलाई तीजका गीतबाट सुरु गरे ।

यही क्रममा केही चलचित्र तथा म्युजिक भिडियोका सुटिङ पनि सुरु भएका छन् । अभिनेता आर्यन सिग्देल पनि अभिनयमा फर्किएका छन् । उनी गत शुक्रबारबाट सुटिङमा निस्किएका हुन् । सुटिङमा निस्किएपछि आर्यनले खुशी हुँदै आफ्ना तस्वीरहरू सार्वजनिक गरेका छन् ।

आर्यन चलचित्रको सुटिङमा निस्किए अथवा म्युजिक भिडियोको सुटिङमा निस्किए, यसको बारेमा केही खुलाएका छैनन् । तर उनी सुटिङमा फर्किन पाउँदा निकै खुशी देखिएका छन् । उनले त्यो खुशी सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै व्यक्त गरेका छन् ।

आर्यनले आफ्ना तस्वीरसँगै आफूसँगै रहेका अन्य कलाकार र प्राविधिकसँगका तस्वीर पनि सार्वजनिक गरेका छन् । पहिलो महामारीपछि चलचित्र ‘डिसेम्बर फल्स’ मार्फत अभिनयमा फर्किएका आर्यनको उक्त चलचित्रको सुटिङ अझैं सकिएको छैन ।
 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १२:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया