एमाले फुटाउनका लागि देउवाले हतारमा विश्वासको मत लिन खोजे : भीम आचार्य

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले प्रधानमन्त्री शेर बहादुर देउवाले अकस्मात विश्वासको मत लिने निर्णय गरेर एमालेलाई फुटाउन खोजेको बताएका छन् । 

एमालेमा असन्तुष्ट समूह माधव नेपाल पक्षमा रहेका नेता आचार्यले एमाले विभाजन गर्ने षडयन्त्रअनुसार नै देउवाले आज विश्वासको मत लिन लागेको आरोप लगाए । 

विघटित पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका आचार्यले आज बिहान वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । बिहान नेपाल निवास कोटेश्वरमा कार्यदलका सदस्यहरु पुगेका थिए । 

नेपालसँगको भेटपछि आचार्यले देउवाले हतारमा विश्वासका मत लिन लाग्नु एमाले विभाजन गराउने षड्यन्त्र भएको बताएका हुन् । आचार्यले प्रश्न गरे, ‘आज हतार गरेर लिन के जरुरी छ ?’

नेता आचार्यले एमालेमा १० बुँदे सहमति भएपछि पार्टी एकतावद्ध गराएर पार्टीको निर्णयअनुसार अगाडि बढ्ने गरी तयारी भइरहेका बेला विश्वासको मत लिन लाग्दा पार्टी फुटतिर अग्रसर हुने बताए । 

विश्वासको मत दिने विषयमा आफूहरुबीच कुनै छलफल नभएको भन्दै आचार्यले नेपाल समूहमा मतका विषयमा के गर्ने भन्ने निर्णय नभएकाले कसैले मत दिए त्यो व्यक्तिगत हुने बताए । नेपाल समूहले विश्वासको मत नदिने उनको भनाइ छ । 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १३:२४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया