दोलखाको सोक्लामा रक क्लाइम्बिङ हुने

दोलखाको भीमेश्वर नगरपालिकास्थित सोक्लाको भिरमा रक क्लाइम्बिङ हुने भएको छ । पर्यटन विभागले भीमेश्वर नगरपालिका २ सोक्लास्थित भिरमा रक क्लाइम्बिङका लागि एक करोड बजेट विनियोजन गरेसँगै रक क्लाइम्बिङ हुने भएको हो । 

सोक्लाश्वरी पर्यटन विकास समाज (एसटिडिसी)को पहलमा पर्यटन विभागले आर्थिक वर्ष २०७८/७९ का लागि साहसिक पर्यटन खेल रक क्लाइम्बिङका लागि एक करोड रुपैयाँ बजेट छुट्याएको हो ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट देखिने रातोमाटोको डिलमुनी (सोक्ला खेलाप, चक्पा, गङरास, फूलपा न्यागल) गाउँमा ‘इको एडभेन्चर इन्टरलिंक एग्रिकल्चर’ टुरिजमको परिकल्पनासहित सो गाउँमा रक क्लाइम्बिङ परियोजना थालिएको हो ।

एसटिडिसीका सचिव शान्त तामाङले दोलखामा थुप्रै साहसिक पर्यटकीय खेलको सम्भावना भएकाले यहाँको भिरमा रक क्लाइम्बिङ प्राथमिकताको विषय भएको बताए । उनका अनुसार यहाँ पहिलो चरणमा भौगोलिक अध्ययनका लागि सगरमाथा आरोही तथा रक क्लाइम्बिङका विज्ञ तुलसी गुरुङको टिम दोलखा जानेछ । 

तामाङले सोक्ला खेलापको भिरको माथिल्लो भागमा भ्यू प्वाइन्ट निर्माणसँगै प्याराग्लाइडिङ समेत गर्न सकिने बताए । टिमको अध्ययनसँगै डिपिआर निर्माण, पूर्वाधार विकास, पहिलो चरणको परीक्षण रक क्लाइम्बिङ हुनेछ ।



यसका लागि पर्यटन विभागका प्रतिनिधि, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल, पर्यटन व्यवसायी, रक क्लाइम्बिङका विज्ञ टिम, मिडियाका प्रतिनिधिहरु सोक्ला गाउँमा पुग्नेछन् । 



  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १८:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया