घनश्याम भुसालले भने : संसद जोगाउनु पर्थ्यो जोगियो, अब पार्टी जोगाउँछौँ

एमाले नेता घनश्याम भुसालले संसद जोगाउने कार्यभार पूरा भएको र अब पार्टी जोगाउनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तिम समयमा आएर विश्वासको मत नदिएका भुसालले अब पार्टी जोगाउनुपर्ने बताएका हुन् । 

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएलगत्तै उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

उनले भनका छन्, ‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोही पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं ।’





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार २२:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया