प्रचण्डलाई ओलीको जवाफ– अपराध कर्मबाट आएको माओवादी शिथिल छ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गरेका छन् ।

ओलीले अहिले माओवादी शिथिल भएको बताएका हुन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले माओवादी शिथिल भएको कसैले अनुमान नगर्न बताएका थिए । उनले बैठकमा ओलीलाई नदेखेको प्रसंग निकाल्दै माओवादी आगो भएको र आगोसँग कसैले पनि खेल्न नहुने बताएका थिए । 

सम्भवतः प्रचण्डको यही अभिव्यक्तिको जवाफ दिँदै ओलीले अहिले माओवादी शिथिल भएको र माअ‍ोवादी अपराध कर्मबाट आएको पार्टी भएको बताएका हुन् ।

‘माओवादी शिथिल छ, तर ऊ अपराध कर्मबाट आएको पार्टी हो,’ ओलीले भने ।





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १५:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया