श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

झापामा आफ्नै श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-१ सखुवाथान घर भइ गौरादह नगरपालिका-१ शितलचोक बस्ने ३९ वर्षीय सजिलाल रिख्यासन रहेका छन् । 

प्रहरीले सजिलाललाई सोमबार बिहान पक्राउ गरेको हो ।

गत बिहीबार सजिललाले आफ्नी श्रीमती संगितालाई खेत नजिकै लगेर कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्या गरेलगत्तै उनी फरार रहेका थिए ।

प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
 





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १५:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया