रोकिराखेको मोटरसाइकलमा एक शव फेला

विराटनगरको बिजुली अफिस चोकमा एक मोटरसाइकल रोकिराखेको थियो । र, त्यो मोटरसाइकलमा एक व्यक्ति बसेको जस्तै देखिन्थे । सोमबार राति लामो समयसम्म ती व्यक्ति हलचल नगरेपछि स्थानीयले थाहा पाए, उनको मृत्यु भइसकेको रहेछ । 

त्यसपछि प्रहरीलाई खबर गरियो । 

प्रहरीले को ४ प २३१६ नम्बरको मोटरसाइकलमा रहेका ती व्यक्तिबारे सोधखोज गर्यो । उनी विराटनगर ५ मुनालपथका ४८ वर्षका सुदर्शन न्यौपाने रहेछन् ।

सुदर्शनको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ । पेन्ट च्यातिएको र हातमा चोट लागेको पाइएपछि प्रहरीले घटना शंकास्पद भन्दै छानबिन सुरु गरेको छ ।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार ७:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया